काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए।
त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। यससँगै कांग्रेस विभाजन भएको छ। त्यस्तै अन्य नेता-कार्यकर्ताहरूलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ।
विशेष महाधिवेशन आह्वान गरी पार्टीको नीति विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।
पार्टी सहमहामन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकले उनीहरूलाई अनुशासनको कारबाही गरेको हो। उनले अपर्झट अनुशासनको कारबाही गर्नुपरेको बताए। विशेष महाधिवेशन पक्षका अन्य नेता-कार्यकर्तालाई भने पार्टीमा फर्किन आह्वान गरिएको छ।
‘अन्य पदाधिकारीलाई पार्टीको जिम्मेवारी सम्झेर पार्टीमा फर्किन आह्वान गर्ने निर्णय भएको छ,’ विश्वकर्माले भने। उनले कारबाही फुकुवाका लागि कारण खुलाई स्पष्टीकरण दिए त्यसको सुनुवाई हुनसक्ने बताए।
त्यस्तै विशेष महाधिवेशन पक्षधरसँग वार्ता र सहमतिका प्रस्तावहरू भने स्थगित गरिएको उनको भनाइ छ।
सम्बन्धित खबर
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
आज राति १२ बजेदेखि नेपालसँग जोडिएका भारत चीन सीमा नाका बन्द हुने
निर्वाचनका दिन क-कसलाई चाहिन्छ सवारी पास?
‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा ?’
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु