काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए।
त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। यससँगै कांग्रेस विभाजन भएको छ। त्यस्तै अन्य नेता-कार्यकर्ताहरूलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ।
विशेष महाधिवेशन आह्वान गरी पार्टीको नीति विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।
पार्टी सहमहामन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकले उनीहरूलाई अनुशासनको कारबाही गरेको हो। उनले अपर्झट अनुशासनको कारबाही गर्नुपरेको बताए। विशेष महाधिवेशन पक्षका अन्य नेता-कार्यकर्तालाई भने पार्टीमा फर्किन आह्वान गरिएको छ।
‘अन्य पदाधिकारीलाई पार्टीको जिम्मेवारी सम्झेर पार्टीमा फर्किन आह्वान गर्ने निर्णय भएको छ,’ विश्वकर्माले भने। उनले कारबाही फुकुवाका लागि कारण खुलाई स्पष्टीकरण दिए त्यसको सुनुवाई हुनसक्ने बताए।
त्यस्तै विशेष महाधिवेशन पक्षधरसँग वार्ता र सहमतिका प्रस्तावहरू भने स्थगित गरिएको उनको भनाइ छ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल