काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ ।
साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताए ।
उनले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गरे ।
उनले भने, ‘आयोगले सम्पूर्ण नियम- कानून तथा पार्टीको विधानको धज्जी उडायो । यसको हामी विरोध गर्छौँ । यो निर्णय हामीलाई मान्य छैन ।’
पार्टीको आगामी रणनीतिबारे बसेर छलफल गर्ने महतले जनाएका छन् ।
महेश बस्नेतको आक्रोश : निर्वाचन आयोगमा वैदेशिक शक्तिको नांगो नाच
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिता गगन थापा पक्षलाई दिएकोमा एमालेका सचिव महेश बस्नेत क्रुद्ध बनेका छन् । लोकतन्त्र र विधिको शासनमाथि नांगो प्रहार भएको उनको टिप्पणी छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आक्रोश पोखेका हुन् । उनले निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नांगो नाच देखिएको कडा प्रतिक्रिया दिएका छन् ।
बस्नेतले लेखेका छन्, ‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो ।’
यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनको भनाइ छ ।
सम्बन्धित खबर
‘आयोगको निर्णय ठाडै अस्वीकार गर्छाैं, आधिकारिक कांग्रेस हामी नै हाैँ’: देउवा पक्ष
रवि लामिछाने पछि जिबी, छवि सहित सहकारी ठगीका सबै अभियुक्तलाई सरकारको राहत
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस आधिकारिक रहने निर्वाचन आयोगको निर्णय
कास्कीका देवराज चालिसे बने गगन नेतृत्वको कांग्रेस प्रवक्ता
विप्लव र मिराज ढुंगानाबीच ४ बुँदे सहमति, सर्वपक्षीय सरकारका लागि संघर्ष गर्ने
रुख र चारतारे झण्डाका लागि देउवा र गगन दुवै समूह कानुनी परामर्शमा
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति