चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए : ओली

राजनीति

चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए : ओली

'डरत्रास नराखी ढुक्क भएर चुनावी प्रतिस्पर्धा गरे हुन्छ, डेरा चाहिए खोजिदिउँला'

oli jhapa

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न विपक्षी उम्मेद्वारहरूलाई सुझाव दिएका छन्।

सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरू अरुजस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफूविरुद्ध ढुक्कले प्रतिस्पर्धा गर्न सुझाव दिए। चर्चा होस् भनेर आफूहरूविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिएको भन्दै ओलीले चुनावी प्रतिस्पर्धालाई स्वभाविक रूपमा लिएको बताए। डेरा चाहिए खोजिदिउँला भन्दै उनले व्यंग्य पनि गरे ।

उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकासमा असाधारण विकास भएको दाबी गरे। कृषिको आधुनिकीकरण, उद्योगहरू बनाउँदै लाने अन्तिम तयारीमा रहेको र झापाको योजनाले धेरै रोजगारीको सिर्जना गर्नका लागि यान्त्रीकरण गरिरहेको उनले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ