काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले आज (शुक्रबार) दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । निर्वाचन आउन ४१ दिन बाँकी रहँदा निर्वाचन आयोगले आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । फिर्ता लिने समय सकिएपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने समय थियो । परेका उजुरी र मनोनयन पत्रमाथि जाँचबुझ गरी बिहीबार साँझसम्म निर्णय गरेर आयोगले नामावली प्रकाशन गरिसकेको छ ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा गत माघ ६ गते एकैपटक मनोनयन दर्ता भएको थियो । जसमा ३ हजार ४८६ जनाले उम्मेदवारी दिएका छन् । कुल उम्मेदवारमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला र १ जना अन्य रहेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित खबर
प्रतिनिधिसभा निर्वाचन : दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय, आजै चुनाव चिह्न प्रदान
जेनजी अभियन्ता भन्छन्ः कुलमान, बब्लु र जगदीश चरम अवसरवादका जिउँदा उदाहरण हुन्
प्रतिनिधि सभा निर्वाचनः मनोनयन दर्ता गर्न जाँदा बाजागाजा र कोणसभा गर्न नपाइने
उम्मेदवार मनोनयन आजदेखि: उम्मेदवार मनोनयनका लागि यी कागजात अनिवार्य
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए : ओली
शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
कांग्रेसको नेतृत्वमा गगन पुगेपछि दुई ठूला कम्युनिस्ट पार्टी संवादमा, चुनावका विषयमा कुराकानी