आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले निर्वाचनसम्बन्धी आठ वटा समिति गठन गरेको छ ।
कांग्रेस स्याङ्जाको कार्यसम्पादन समिति बैठकले जिल्ला सभापति राजु थापाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । त्यस्तै, पूर्व जिल्ला सभापति तथा पूर्व सांसद शंकर पाण्डेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।
बैठकले जिल्ला उपसभापति केदार काफ्लेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र अर्का उपसभापति शेरबहादुर थापाको संयोजकत्वमा स्थानीय तह समन्वय समिति गठन गरेको छ ।
यसैगरी, जिल्ला सचिव दामोदर लम्सालको संयोजकत्वमा घोषणा पत्र तथा प्रतिबद्धता पत्र समिति र जिल्ला सचिवालय समन्वय समिति गठन गरिएको छ । सहसचिव ध्रुव बन्धु पौडेलको संयोजकत्वमा भातृ तथा शुभेच्छुक संस्था समन्वय समिति गठन गरिएको कांग्रेस स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रवक्ता भरतप्रसाद लम्सालको संयोजकत्वमा सूचना तथा सञ्चार समिति र लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश (गणेश) थापाको संयोजकत्वमा यातायात व्यवस्थापन तथा अन्तर जिल्ला समन्वय समिति गठन गरिएको छ ।
जिल्ला सचिव दामोदर लम्सालका अनुसार निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक ढंगले अघि बढाउन यी समितिहरू गठन गरिएको हो ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर