राष्ट्रियसभा सदस्यमा गण्डकीबाट काँग्रेसका जगत र एमालेकी सम्झना विजयी

राजनीति

राष्ट्रियसभा सदस्यमा गण्डकीबाट काँग्रेसका जगत र एमालेकी सम्झना विजयी

jagat samjhana

पोखरा । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा अन्य र महिला दुवै क्लस्टरमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका हुन् ।

आज भएको मतदानबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट सदस्य निर्वाचित भए ।

६०६९ मतभारमध्ये जगतले ५ हजार ३३ मतभार र सम्झनाले ५ हजार १४ मत पाए । निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन भएको थियो ।

गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका दुईजना सांसद र सत्ता गठबन्धनका तीनजना पालिका प्रतिनिधि छन् ।

कुल २ सय २८ मतदाता रहेको गण्डकीमा ५ जनाले मतदान प्रक्रियामा भाग लिएनन् । राप्रपाका दुई सांसद पन्चराम गुरुङ र विन्दु पौडेलले निर्वाचन बहिष्कार गरे । स्थानीय तहतर्फ तीन जना जनप्रतिनिधि वालिङकी उपमेयर कविता तिवारी, नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका ढोरपाटनका नगर प्रमुख देवकुमार नेपाली अनुपस्थित रहे ।

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उमेदवारले पाँच हजार १०५ मतभार पाउनुपर्नेमा उनीहरूले मतभार कम पाएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बरालले उम्मेदवारी दिएका थिए ।

कांग्रेसनिकट प्राध्यापक संघबाट राजीनामा दिएर उम्मेदवार बनेका तनहुँका तिमिल्सिनालाई कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट दिएका थिए ।

नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभारमा चित्त बुझाइन् । दुवै विधामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू शंकरप्रसाद बराल र लक्ष्मी बास्कोटाले समान ७६–७६ मतभार प्राप्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds