निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ।
शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार छन्।
उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको छ।
बालेनले दिएका अभिव्यक्तिविरूद्ध आयोगमा उजुरी परेको थियो।
निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको थियो।
उजुरीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।
त्यस क्रममा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ।
साथै एमाले सचिव महेश बस्नेतविरूद्ध पनि उनले दिएका अभिव्यक्तिलाई लिएर उजुरी परेको हो।
उनले बालेन शाहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ। एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ।
बालेनले भाषणमा ‘छौरा’ शब्द प्रयोग गरेका थिए। उक्त शब्दलाई महेशले गतल अर्थ लगाएपछि आलोचनासमेत भएको थियो।
साथै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचनमा बालबालिकाको प्रयोग गरेको र टिसर्ट लगाउन लगाइएको विषयमा उनलाई स्पष्टीकरण सोधिएको हो। ‘आज उहाँलाई स्पष्टीकरणको पत्र पठाइएको छ,’ आयोग स्रोतले भन्यो।
साथै स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल (निकोलस) लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।
भुसालले दुई वटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएको भन्दै आयोगले चुनाव चिह्नसँग सम्बन्धित विषयमा स्पष्टीकरण सोधेको हो। उनले जेनजी आन्दोलनको ‘आइकोनिक जुत्ता चुनाव चिन्ह’ भनेर प्रचार गरेको थिए।
‘सबैलाई तीन दिनभित्र स्पष्टीकरणको जबाफ दिन भनिएको छ,’ आयोग स्रोतले भन्यो।
आयोगले पाँच उम्मेदवारसहित ७ वटा स्पष्टीकरण सोधेको हो । त्यस्तै जानुका पाठकलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको र हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको छ।
त्यसैगरी स्वास्थ्य स्वयमसेवक संघले अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन गरेको विषयमा स्पष्टीकरण सोधिएको छ। त्यस्तै एउटा स्पष्टीकरण भने शिक्षक सरुवाको विषयमा सोधिएको छ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर