पोखरा । थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको सातौं वार्षिक प्रतिवेदन सदस्य मोदीले प्रदेश प्रमुख समक्ष भट्टलाई हस्तान्तरण गरिन् ।
उक्त अवसरमा प्रदेश प्रमुख भट्टले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यको पहलकदमी सकारात्मक रहेको बताए । आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता पनि व्यक्त गरे ।
भट्टले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गर्दै आयोगले काममा सक्रियता बढाउन आग्रह पनि गरे । थारु जनप्रतिनिधि तथा सांसदले आफ्नो हक अधिकारका सवालमा आवाज उठाउनुपर्ने उनको सुझाव थियो ।
आयोगकी सदस्य मोदीले प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश गरिएको उल्लेख गरिन् ।

साथै, उनले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने बताउँदै पर्याप्त बजेट छुट्याउनुपर्ने माग गरिन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु