ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

death_fpc

स्याङ्जाको गल्याङ नगरपालिका–१०, पकवादीमा खानेपानीको ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट लड्दा एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीय धर्मबहादुर थापा शुक्रबार दिउँसो दुर्घटनामा परेका हुन् ।

घर नजिकैको जङ्गलमा रहेको पानीको मुहान र ट्याङ्की सरसफाइपछि फर्कँदै गर्दा गोरेटो बाटोबाट करिब एक सय मिटर तल खसेर थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते थापालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा पुर्‍याइए पनि उपचारकै क्रममा शुक्रबार साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ