वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बसाल्ने दीर्घकालीन महत्त्वाकांक्षालाई केही पछाडि सार्दै अब चन्द्रमामा स्थायी मानव बस्ती निर्माणलाई आफ्नो तत्कालीन प्राथमिकता बनाउने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले स्पेसएक्सले चन्द्रमामा अब आफैँ विस्तार हुने सहर बनाउने लक्ष्य तय गरेको बताएका थिए ।
मंगल ग्रहमा यस्तै बस्ती बनाउन २० वर्षभन्दा बढी लाग्न सक्ने तर चन्द्रमामा भने १० वर्षभित्रै सम्भव हुन सक्ने उनले बताए । मंगलमा यात्रा गर्न हरेक २६ महिनामा मात्र ग्रहहरूको अनुकूल अवस्था मिल्ने र यात्रा नै करिब ६ महिना लाग्ने भए पनि चन्द्रमामा भने हरेक १० दिनमा प्रक्षेपण सम्भव र दुई दिनमै पुग्न सकिने उनको भनाइ छ । आफैँ विस्तार हुने सहर भनेर आफूले ठ्याक्कै के अर्थ लगाएको भनेर उनले केही पनि भनेका छैनन् । यो योजना नासाको चन्द्र कार्यक्रमसँग कति मिल्दोजुल्दो छ भन्ने पनि स्पष्ट गरिएको छैन ।
मंगल ग्रहमा सहर बसाल्ने योजना पूर्ण रूपमा नछोडेको भन्दै पाँचदेखि सात वर्षभित्र त्यसतर्फ काम सुरु गर्ने मस्कले प्रस्ट्याए । गएको मे महिनामै उनले २०२६ को अन्त्यसम्म स्पेसएक्सले पहिलो मानवविहीन स्टारसिप मंगलमा अवतरण गराउने दाबी गरेका थिए । पछिल्ला वर्षहरूमा मस्कले मंगललाई मानव अस्तित्वको ‘बीमा नीति’ भन्दै सम्भावित महाप्रलयबाट बच्न स्थायी उपनिवेश आवश्यक रहेको तर्क गर्दै आएका थिए । तर नासाको प्राथमिकता चन्द्रमा हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा २०२४ भित्र चन्द्रमामा फर्किने लक्ष्य राखिए पनि अहिले नासाले यो लक्ष्यको समय थपेर २०२८ मा पुर्याएको छ । यो लक्ष्य सफल भयो भने अपोलो १९७२ पछि चन्द्रमामा यो पहिलो मानव अवतरण हुनेछ ।
मस्कले विगतमा नासाको आर्टेमिस कार्यक्रमलाई ध्यान भड्काउने काम भन्दै आफू सीधै मंगल जाने बताएका थिए । तर अहिले उनले आफ्नो अडान फेरेका छन् । यस परिवर्तनको पृष्ठभूमिमा स्पेसएक्सले हालै मस्कको अर्काे कम्पनी एक्सएआई खरिद गरेर विश्वकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बन्ने तयारी गरिरहेको छ ।
नासाको चन्द्र अवतरणका लागि स्पेसएक्ससँग करिब ३ अर्ब डलरको सम्झौता छ । जसअन्तर्गत स्टारसिपलाई चन्द्र ल्यान्डरका रूपमा प्रयोग गरिनेछ । यही प्रणाली मस्कले मंगल यात्राका लागि समेत डिजाइन गरेका छन् ।
सम्बन्धित खबर
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला