राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार झविलाल डुम्रेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको प्रतिबद्धतामा उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार विकास, कृषि प्रवर्द्धन तथा नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेको बताएका छन् । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, संसदीय बहसदेखि नीतिनिर्माण र कानुन संशोधनसम्म नागरिकका मुद्दालाई केन्द्रमा राख्ने उनको प्रतिबद्धता छ । उनले युवापुस्ताले उठाएका सवाललाई पूर्ण रूपमा आत्मसात् गर्ने पनि बताएका छन् ।
डुम्रेले स्याङ्जालाई सुन्तला र कोदोको विशेष उत्पादन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् । कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण सुनिश्चित गर्ने योजना अघि सार्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने धारणा उनले व्यक्त गरेका छन् ।
बाँदर आतंकको दीर्घकालीन समाधानका लागि आधुनिक प्रविधि, वैज्ञानिक वन व्यवस्थापन र व्यवहारिक नियन्त्रणको मोडेल लागू गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । शिक्षामा गुणस्तर र पहुँच विस्तार, राजनीतिक हस्तक्षेप अन्त्य तथा आवश्यक नीतिगत सुधारमार्फत सुधार ल्याउने योजना उनको वाचापत्रमा समेटिएको छ । प्रत्येक पालिकामा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने तथा सरकारी विद्यालयको संरचनात्मक सुधारमा जोड दिने उनले बताएका छन् ।
सडक पूर्वाधारतर्फ सिद्धार्थ राजमार्ग तथा सहायक मार्गहरूको स्तरोन्नति, सडक दुर्घटना न्यूनीकरणका लागि वैज्ञानिक सडक सुधार र प्रभावकारी ट्राफिक सुरक्षा नीतिमा विशेष ध्यान दिने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।
यसैबीच, डुम्रेले नागरिक करारपत्रसमेत सार्वजनिक गरेका छन् । मतदाताको आर्थिक अवस्था सुधार गर्ने नीति तथा कार्यविधि निर्माणमा असफल भए पार्टीको विधानअनुसार आफू पदबाट फिर्ता हुने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । रास्वपाको स्थापनाकालदेखि संगठन विस्तारमा सक्रिय रहेका डुम्रे व्यवसायीसमेत हुन् ।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला