पत्रपत्रिकाबाट । यस समाचार नागरिक दैनिकमा प्रकाशन भएको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्। उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो। आन्दोलनमा पानी बाँड्न हिँडेका सुदन गुरुङ अहिले गोरखा–१ बाट उम्मेदवार छन्। उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनकारीलाई पानी बाँड्न अनुमति लिएका थिए। उनले नै जेनजी विद्रोहलाई ‘हाइज्याक’ गरेर अहिलेको अवस्थासम्म पुर्याएका हुन्।
त्यसैगरी रास्वपाबाट मोरङ–२ मा उम्मेदवार बनेका कृष्णकुमार कार्कीले भदौ २४ गते संसद् भवन जलाउँदै गरेको दृश्य आफ्नै सामाजिक सञ्जालमा राखेका थिए। मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जेनजी आन्दोलनको केही दिनअगाडि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए। भदौ २४ मा भएको आगलागीमा उनको तस्बिर र भिडियो टिकटकमा फैलियो। उनी आफैंले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ।
उक्त दृश्यमा कार्कीले आफ्ना समर्थकसहित बानेश्वरस्थित संसद् भवन पुगेर आगो लगाउन सघाएको देखिएको छ। संसद् भवनको कुर्सी मात्र आफूले जलाएको भन्दै उनले भवन भने घुसपैठियाले जलाएको जिकिर गरेका छन्। उनले दलका नेताहरूका घरमा गरिएको विध्वंसमा भने आफ्नो संलग्नता रहेको लेखेका छन्। बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी, सिंहदरबार हुँदै नेताहरूको घरमा पुगेर आगजनी गरेको उनले स्वीकार गरेका छन्।
मोरङ–३ का उम्मेदवार गणेश कार्की पनि भदौ २३ गते आन्दोलनमा सहभागी भएर संसद् भवन जलेकोमा खुसी व्यक्त गर्ने अर्को पात्र हुन्। उनलाई मत माग्न जाँदा मतदाताले सिंहदरबार जलाउने व्यक्ति होइन तपाईं भन्दै प्रश्नसमेत गरेका छन्। उनी रास्वपा स्थापनाकालदेखिकै नेता हुन्। त्यस दिन तत्कालीन सांसद तोसिमा कार्की पनि फिल्डमै थिइन्। जेनजी विध्वंसमा संसद् भवनमा आगो लगाउने कार्यमा संलग्न प्रकाश रजौरियालाई रास्वपाले उम्मेदवार बनाएको छ।
रजौरिया कपिलवस्तु–३ बाट घण्टी चिह्न लिएर प्रतिनिधिसभा उम्मेदवार बनेका हुन्। भदौ २४ गते संसद भवन जलाएपछि ‘हाम्रो मिसन पूरा भयो’ भन्ने भिडियो रजौरियाले आफ्नै फेसबुकमा पोस्ट गरेका थिए। प्रहरीले अनुसन्धान थालेपछि उनले उक्त भिडियो हटाएका थिए।
युवा अधिवक्ता सुलभ खरेल सर्वोच्च अदालत जलेपछि खुसी हुनेमध्येका अर्का व्यक्ति हुन्। उनी रूपन्देही–२ बाट उम्मेदवार छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतको विषयमा सामाजिक सञ्जालमा ‘के लेख्नुभएको थियो’ भनेर प्रश्न गर्दा उनी इजलासमै ढलेका थिए।
एमालेले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बहस हुनुअघि संवैधानिक इजलासमा उनी बेहोस भएका थिए। रास्वपाबाट उम्मेदवार रहेका अधिवक्ता खरेल भ्रष्टाचारसम्बन्धी एउटा व्यक्तिकेन्द्रित मुद्दामा बहस गर्न अदालत पुगेका थिए। अधिवक्ता खरेलले बहसको सुरुमै आफ्नो परिचय दिएपछि उनलाई रोक्दै प्रधानन्यायाधीश राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयबारे प्रस्टीकरण मागेका थिए।
प्रधानान्यायाधीश राउतले भनेका थिए, ‘तपाईं इजलासमा बहस गर्न आउनभयो तर तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी भएपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नुभएको थियो ?’ प्रधानन्यायाधीश राउत त्यतिमा मात्रै रोकिएनन्। उनले थप सोधेका थिए, ‘कानुन व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैन? तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो?’ त्यसपछि उनी इजलासमा बेहोस भए।
थप समाचार नागरिकन्यूज डटकममा क्लीक गर्नुहोस् ।
सम्बन्धित खबर
सिंहदरबार जलाउने पनि चुनावी मैदानमा
‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला
प्रधानमन्त्री कार्कीले गरिन् देशबासीका नाममा सम्बोधन (पूर्णपाठ)
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला