काँग्रेस अनुकूल नतिजा नदेखिएपछि विश्वप्रकाशले भने – मतदाताको फैसला स्वीकार्य

निर्वाचन विशेषः

काँग्रेस अनुकूल नतिजा नदेखिएपछि विश्वप्रकाशले भने – मतदाताको फैसला स्वीकार्य

Bishwa Prakash Sharma

काठमाडौं । प्रतितिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् ।

गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।

उपसभापति शर्माले ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागत गरेको स्मरण गर्दै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागतसमेत गरेका छन् । ‘मतदाताको फैसला स्वीकार्य छ’, उनले लेखेका छन्, ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागत ।’

प्रतिनिधि सभा निर्वाचन २०७९ मा रास्वपाले पाएको सफलता हेर्दा अहिलेको मतपरिणाम अप्रत्यासित नभएको शर्माको भनाइ छ । ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन’, उपसभापति शर्माले भनेका छन्, ‘चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ