काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले नेपाली दाजुभाइ-दिदीबहिनीले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देखेर खुसी लागेको उल्लेख गरेका छन्।
उनले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि र गौरवको क्षणका रूपमा बताएका छन्।
भारत नेपालको नजिकको मित्र र छिमेकी भएको बताउँदै प्रधानमन्त्री मोदीले नेपालका जनता र नवनिर्वाचित सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
चुनाव भएकै दिन नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न गरेकामा नेपाली जनतालाई बधाई दिँदै दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको जनाएको छ ।
‘निर्वाचन सम्पन्न भएकामा नेपाली जनतालाई हार्दिक बधाई ।
आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौं,’ नेपालस्थित अमेरिकी दूतावासको फेसबुक एकाउन्टमा लेखिएको छ ।

सम्बन्धित खबर
नेपाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, नयाँ सरकारसँग सहकार्य गर्ने
झापा-५ मा रास्वपाका बालेन्द्र साहको फराकिलो जित, एमाले अध्यक्ष ओली पराजित
रास्वपा लुम्बिनीका विभाग प्रमुखले छाडे पार्टी, राजनीतिलाई फोहोरी खेलको संज्ञा
दलीय राजनीतिबाट बिदा भए रवीन्द्र मिश्र
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन थकाली विजयी
आगामी जनप्रतिनिधि र सरकारलाई यस्ता छन् प्रधानमन्त्री कार्कीका सुझाव
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला