लमजुङको दोर्दी गाउँपालिकामा पार्किङमा राखिएको जिप स्टार्ट गरी निकाल्ने क्रममा गाडीले च्यापिँदा चालकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ११ः२० बजे दोर्दी गाउँपालिका–४ लामिडाँडा स्थित भित्री सडकखण्डमा रहेको आमा समूह भवन नजिक ओट हालेर पार्किङ गरिएको ग १ ज ७०९२ नम्बरको बोलेरो जिप स्टार्ट गरी निकाल्ने क्रममा चालक कुमार गुरुङ गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका–४ ठुलाखेत बस्ने २९ वर्षीय गुरुङले जिप स्टार्ट गरेर ओटबाट निकाल्ने क्रममा गाडी अचानक गुड्दा जिपको पछाडिको भागले उनलाई च्यापेको थियो। घटनापछि स्थानीयले उनलाई तत्काल सोही गाडीमा राखेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएका थिए।
छाती र दुवै हातमा गम्भीर चोट लागेका गुरुङलाई अस्पताल पुर्याएर उपचारका लागि जाँच गर्दा दिउँसो १ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक रेखबहादुर थापाको कमान्डमा प्रहरी टोली खटिएको थियो। घटनास्थल प्रहरी चौकी श्रीमञ्याङबाट करिब ४ किलोमिटर उत्तर–पूर्वमा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते