लमजुङको दोर्दी गाउँपालिकामा पार्किङमा राखिएको जिप स्टार्ट गरी निकाल्ने क्रममा गाडीले च्यापिँदा चालकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ११ः२० बजे दोर्दी गाउँपालिका–४ लामिडाँडा स्थित भित्री सडकखण्डमा रहेको आमा समूह भवन नजिक ओट हालेर पार्किङ गरिएको ग १ ज ७०९२ नम्बरको बोलेरो जिप स्टार्ट गरी निकाल्ने क्रममा चालक कुमार गुरुङ गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका–४ ठुलाखेत बस्ने २९ वर्षीय गुरुङले जिप स्टार्ट गरेर ओटबाट निकाल्ने क्रममा गाडी अचानक गुड्दा जिपको पछाडिको भागले उनलाई च्यापेको थियो। घटनापछि स्थानीयले उनलाई तत्काल सोही गाडीमा राखेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएका थिए।
छाती र दुवै हातमा गम्भीर चोट लागेका गुरुङलाई अस्पताल पुर्याएर उपचारका लागि जाँच गर्दा दिउँसो १ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक रेखबहादुर थापाको कमान्डमा प्रहरी टोली खटिएको थियो। घटनास्थल प्रहरी चौकी श्रीमञ्याङबाट करिब ४ किलोमिटर उत्तर–पूर्वमा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा