नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ

अपराध

नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ

arrest-tamang-1773911475

भक्तपुरकाे नगरकोटमा दुई जना भ्लगरमाथि कुटपिट गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । भ्लगरमाथि कुटपिट गर्ने चाँगुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको शनिबार नगरकोटतर्फ जाने क्रममा तामाङले दुई युवकलाई अपशब्द प्रयाेग गरी कुटपिट गरेका थिए ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई दुर्घटनाको जोखिममा पारेर गलत लेनमा कार चलाएको विषयमा प्रश्न गर्दा तामाङले राइडरद्वय विशाल तामाङ र लक्सकुमार राईलाई कुटपिट गरेका थिए ।

मोटरसाइकल चालकलाई कुटपिट गरेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तामाङकाे खाेजी गरेकाे थियाे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न तामाङलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ