कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने

राजनीति

कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने

nepali Congress-Karyalaya

नेपाली कांग्रेसमा समानान्तर गतिविधि अगाडि बढेको छ।

पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षका नेताहरूले समानान्तर गतिविधि गर्न लागेका छन्।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहँदा आज बिहान नेता खड्का-कोइराला समूहको बैठक बसेको हो।

निवर्तमान सभापति शेरबहादुर देउवा भने हङकङमा छन्। नेता मीनबहादुर विश्वकर्माका अनुसार आज खड्काको अध्यक्षमा बैठक बसेको हो।

उनका नुसार एक साताभित्रै ‘केन्द्रीय समिति’ बैठक बोलाइन्छ।

नेता खड्कालाई बैठक बोलाउने जिम्मेवारी दिइएको छ।

१४ औं महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान गर्ने र चुनावी समीक्षालगायत १५ औं महाधिवेशन लगायत विषयमा छलफल गरिने नेताहरूले जनाएका छन्।

आज बिहान ९ बजे काठमाडौंमा बसेको बैठकमा नेता खड्का, कोइरालासहित तत्कालीन केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरू सहभागी थिए।

गत पुसमा तत्कालीन दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो। थापा सभापति र शर्मा उपसभापति भएका थिए।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो भने त्यसविरूद्ध देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले जम्मा ३८ सिट मात्रै ल्याएपछि कांग्रेसको विवाद पुन: सतहमा आएको छ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले पनि पदबाट राजीनामा दिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ