प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी

प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी

Balen_Shah

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते प्रधानमन्त्रीको शपथ राष्ट्रपति निवास शीतल निवासमै हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले शीतल निवासमै शपथको तयारी भइरहेको बताएका छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि नयाँ प्रधानमन्त्रीको शपथ शीतल निवासमै हुने जनाएका छन्।

राष्ट्रपति कार्यालयले तयारी पनि थालेको छ। रास्वपाले चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ। त्यही अनुसार राष्ट्रपति कार्यालयले पनि तयारी थालेको पाइएको हो।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बनाउन लागेको हो। चैत १२ गते रास्वापको संसदीय दलको नेता बनेर बालेन चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने छन्।

रास्वपाले प्रधानमन्त्रीको शपथ राष्ट्रपतिको कार्यालय शीतल निवास बाहिर गराउने योजना बनाएको थियो। राष्ट्रपति पौडेल तयार नभएपछि शीतल निवासमै नयाँ प्रधानमन्त्रीको शपथ हुन लागेको बुझिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ