काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ ।
परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो ।
भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।
परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले जानकारी दिए । हाल १० करोड भन्दा बढि भाडा उठ्न बाँकी रहेको भन्दै उनले बताए ।
सदस्यसचिव शर्माले अब भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गरिने समेत जानकारी दिए । परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ ।
महिला तथा बालबालिका मन्त्री सीता बादीको निर्देशनमा परिषद्ले भाडा बक्यौता उठाउन कडा कदम चालेको हो ।
यहाँ सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको संस्था हो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज रहेको छ । यो संस्थाले परिषद्लाई १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ । यो संस्थाले लिएको स्टल नम्बर ६८ को भाडा हो । त्यस्तै यही संस्थाले स्टल ३४ भाडामा लिएबापत १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी छ ।
राष्ट्रिय अपांग महासंघले पनि परिषद्लाई १ करोड १६ लाख ३२ हार २७ रुपैयाँ भाडा नतिरेको परिषद्ले जनाएको छ ।
बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपाल स्टल नम्बर ७४ ले पनि ८९ लाख ९० हजार ७४६ रुपैयाँ भाडा तिरेको छैन ।
नेकपा एमालेनिकट अनेरास्ववियु (अखिल)ले स्टल नम्बर ६० र ६१ भाडामा लिएको र ०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको परिषद्ले जनाएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले पनि २१ लाख ८५ हजार ९५७ रुपैयाँ भाडा तिरेको छैन ।
ऋषि धमला सञ्चालक रहेको रिपोर्टस क्लब नेपालले ७३ लाख ४० हजार ९० रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ ।
त्यस्तै उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७०, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ३३ लाख ७ हजार ४२१ रुपैयाँ भाडा तिरेको छैन ।
त्यस्तै सेन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स १० लाख रुपैयाँ, मनकला श्रेष्ठ जुत्ता पसलले ७ लाख ४६ हजार २३ रुपैयाँ, टीकाराम सिटौला जुत्ता पसलले ११ लाख ८० हजार ६२५ रुपैयाँ, कृष्णप्रसाद लामिछाने जुत्ता पसलले ८ लाख ९८ हजार १६३ रुपैयाँ, यशोदाकुमारी सेठी खाजा पसलले १० लाख ५९ लाख १५६ रुपैयाँ, हरि हमात्य खाजा पसलले ५ लाख १५ हजार ६६४ रुपैयाँ भाडा तिर्न बाँकी छ ।
त्यस्तै नारायणकुमारी निरौला खाजा पसलले २ लाख ७३ हजार १३ रुपैयाँ, बुद्धिराम भुसाल खाजा पसलले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिना खाजा पसलले ९ लाख ७ हजार ७१० रुपैयाँ, चित्रबदुर पण्डित क्षेत्री खाजा पसलले २ लाख १९ हजार ५६७ रुपैयाँ, नेपाल फोटो पत्रकार महासंघले २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ ।
सम्बन्धित खबर
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
कांग्रेस क्रियाशील सदस्य बन्न आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?