काठमाडौं : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय नभएको टिप्पणी गरेका छन्।
वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नगर्नेको नाम अभिलेखमा राख्ने र गर्नेलाई मात्र १५ औं महाधिवेशनमा भाग लिन पाउने गगन थापाले सार्वजनिकरुपमा बताएपछि तत्कालीन सभापतिसमेत रहेका खड्काले विज्ञप्ति जारी गर्दै ज्यान हत्केलामा राखेर पार्टी सदस्यता लिएको स्मरण गराएका हुन्।
पार्टीको आधिकारिकता सम्बन्धमा विवाद विचाराधिन रहेको अवस्थामा तथाकथित विशेष महाधिवेशनवाट बनेको केन्द्रीय कार्यसमितिले ग्रेसको पन्ध्रौ महाधिवेशनका लागि विधान बमोजिम गरिएको क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई सार्वजनिक भाषणबाट खारेजीको घोषणा गरिएको कुरा सार्वजनिक सञ्चारमाध्यमबाट सम्प्रेषण भएको विषयले आश्चर्यचकित र गम्भीर बनाएको देउवा समूहको ठहर छ।
खड्काले भनेका छन्,‘निर्दलीय निरंकुश पंञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषण मार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन। यो सदस्यता त कुनै नेताको हारजितसँग होइन नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाई, योद्धाहरुको योगदान र सहादत प्राप्त गरेका शहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो।’
पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु जति बदनियतपूर्ण रहेको उनको ठहर छ।
मुलुक विषम राजनीतिक परिस्थितिमा गुज्रिरहेको बेला पार्टीभित्र बृहत एकता खोज्नुको सट्टा पार्टीलाई थप कमजोर बनाउने गतिविधि कहि कसैले पनि गर्नु उचित नहुने भन्दै ध्यानाकर्षण गराएका छन्। खड्का पक्षले अव्यवहारिक तथा आम पार्टी पंत्तिमा भ्रम पार्ने र निराशा सृजना गर्ने खाल्का कृयाकलाप र गतिविधिवाट अलग रहन तथा यस्ता कुनै पनि गतिविधिबाट प्रभावित र विचलित नभई राष्ट्र, जनता र पार्टी हितमा निरन्तर क्रियाशील रहन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, समर्थक एवं शुभचिन्तकलाई अपिल गरेका छन्।
पूर्णबहादुरले फेरि कार्यवाहक सभापति लेखेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक २ वैशाख बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो । यो बैठकले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको निर्णय लिने सम्भावना छ ।
यसअघि नै कांग्रेसको अनुशासन समितिले खड्कालाई अनुशासनविपरीत काम गरेको भन्दै सचेत गराउने र फेरि पनि उल्लंघन भए थप कारबाही गर्ने निर्णय गरेको थियो ।
खड्काले आफूलाई कार्यवाहक सभापतिको हैसियतमा राखेर विज्ञप्ति निकालेको भन्दै सचेत गराउने निर्णय भएको थियो । तर खड्काले सोमबार फेरि पनि कार्यवाहक सभापतिको हैसियत उल्लेख गरी विज्ञप्ति जारी गरेका थिए ।
सोही विषयमा छलफल र र कारबाहीको निर्णय लिन बैठक डाकिएको बुझिएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा