राउटे समुदायका मानिस जङ्गलमै घुमन्ते जीवन बिताउने भन्ने आम बुझाइबीच एक युवक भने प्राविधिक शिक्षा अध्ययनका लागि जिल्लाबाहिर आइपुगेका छन् ।
डडेलधुराको परशुराम नगरपालिका–१२ का १८ वर्षीय लक्ष्मणसिंह राउटे अहिले स्याङ्जाको चापाकोट नगरपालिकामा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन् ।
लोपोन्मुख राउटे समुदायबाट प्राविधिक शिक्षा अध्ययन गर्न आउनु आफैंमा फरक विषय बनेको छ । लक्ष्मणले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिका–१० मा रहेको किसान बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ इन डिप्लोमा अध्ययन गरिरहेका हुन् ।
सामान्य साक्षरता पनि चुनौतीपूर्ण मानिने समुदायबाट आएका लक्ष्मण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । शिक्षालय प्रमुख शिव पाण्डेका अनुसार पछिल्लो समय ‘पढ्दै कमाउँदै’ गर्ने अवसरका कारण विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढ्दो छ । लक्ष्मणले पनि मेहनत र क्षमताका आधारमा छात्रवृत्ति प्राप्त गरेर अध्ययन सुरु गरेका हुन् ।
प्राविधिक शिक्षा सस्तो, व्यवहारिक र पढाइपछि रोजगारीको सम्भावना धेरै हुने भएकाले विद्यार्थीको रोजाइमा पर्न थालेको पाण्डेको भनाइ छ । शिक्षालयमा हाल करिब २५० विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यार्थीको संख्या उल्लेख्य रहेको जनाइएको छ ।
लक्ष्मणले स्थानीय पालिकाको सहयोगपछि आफ्नो प्राविधिक शिक्षा पढ्ने सपना पूरा भएको बताए । उनले आफ्नो समुदायमा पहिलो पटक स्नातक तह उत्तीर्ण गर्ने व्यक्ति आफ्नै बुवा दानबहादुर राउटे भएको उल्लेख गर्दै बुवाकै प्रेरणाले आफू पढाइतर्फ लागेको सुनाए ।
उनको परिवारमा आमा, तीन बहिनी र कान्छी आमातर्फका एक भाइ छन् । परम्परागत जीवनशैलीबाट बाहिर निस्केर प्राविधिक शिक्षा अध्ययन गरिरहेका लक्ष्मण अहिले धेरैका लागि उदाहरण बन्न थालेका छन् ।
सम्बन्धित खबर
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने: शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ
राजमार्गका होटललाई निर्देशन : अनिवार्य मूल्यसूची राख्नू, ग्राहकलाई बिल दिनू
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते