राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आगामी राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका ११ वटै स्थानीय तहमा संगठनात्मक अधिवेशन सम्पन्न गरेको छ । पालिका तहको नेतृत्व चयनसँगै जिल्लाभरको स्थानीय अधिवेशन प्रक्रिया टुंगिएको पार्टीले जनाएको छ ।
आइतबार वालिङ नगरपालिका, फेदीखोला गाउँपालिका र आँधीखोला गाउँपालिकामा अधिवेशन सम्पन्न भएसँगै सबै पालिकामा नयाँ कार्यसमिति गठन भएको रास्वपा स्याङ्जाका सभापति विश्वास भण्डारीले जानकारी दिए ।
उनका अनुसार वालिङ नगरपालिकाको सभापतिमा सुरेन्द्र काफ्ले, आँधीखोला गाउँपालिकाको सभापतिमा हिरामणि पौडेल र फेदीखोला गाउँपालिकाको सभापतिमा कुलबहादुर क्षेत्री चयन भएका छन् ।
यसअघि सम्पन्न अधिवेशनबाट बिरुवा गाउँपालिकाको नेतृत्व सुमित गुरुङ र हरिनास गाउँपालिकाको नेतृत्व अमूल्य रिजालले सम्हालेका छन् । यस्तै पुतलीबजार नगरपालिकामा वेदप्रसाद दोरङ्गा, भीरकोट नगरपालिकामा मिनबहादुर केसी, गल्याङ नगरपालिकामा टीकाराम भण्डारी तथा चापाकोट नगरपालिकामा अकबर अली सभापतिमा चयन भएका छन् ।
कालीगण्डकी गाउँपालिकाको सभापतिमा माधवप्रसाद न्यौपाने र अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा कमलकान्त अर्याल चयन भएका छन् ।
रास्वपाले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको भने केही स्थानमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुंग्याएको जनाएको छ । पार्टीका अनुसार पालिका र वडा तहको अधिवेशनलाई संगठन विस्तार तथा सुदृढीकरण अभियानका रूपमा अघि बढाइएको छ ।
सभापति भण्डारीले अधिवेशनमार्फत पार्टीलाई तल्लो तहसम्म बलियो बनाउने, सदस्यता विस्तार गर्ने र आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार स्थानीय तहमा गठन भएका नयाँ समितिले संगठन विस्तारसँगै पार्टीका गतिविधिलाई गाउँ–नगरसम्म थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते