राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाको प्रथम जिल्ला अधिवेशनबाट रुक्मागत भण्डारी (विश्वास) पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
शनिबार पुतलीबजार नगरपालिका-१ स्थित सिटीहलमा सम्पन्न अधिवेशनमा लामो समयसम्म सर्वसम्मतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि सभापति र उपसभापति पदका लागि निर्वाचन भएको थियो ।
सभापति पदका अन्तिम प्रतिस्पर्धामा रहेका उपेन्द्र अर्याललाई २६० मतान्तरले पराजित गर्दै भण्डारीले नेतृत्व दोहोर्याएका हुन् । सभापतिमा भण्डारीले खसेको ३१४ मतमध्ये २८४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी उपेन्द्र अर्यालले २४ मत प्राप्त गर्दा ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसअघि भण्डारी नै जिल्ला सभापतिको जिम्मेवारीमा थिए ।
यस्तै, चार जनाको उम्मेदवारी परेको उपसभापति पदमा उमा फुयाल १४५ मतसहित विजयी भएकी छन् । उनीसँग प्रतिस्पर्धामा रहेका श्रीराम घिमिरेले १००, शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गरेका थिए । फुयालले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपसभापतिको जिम्मेवारी हात पारेकी हुन् ।
अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध चयन गरेको रास्वपा स्याङ्जाले जनाएको छ । अधिवेशनबाट सचिवमा प्रसन्न पौडेल र सहसचिवमा जिल्ला संगठन विभाग प्रमुख टुकराज अर्याल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा पिताकुमारी खनाल, टंकप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिकाप्रसाद सापकोटा चयन भएको प्रमुख निर्वाचन अधिकृत संघीय सांसद तथा पार्टीका केन्द्रीय संगठन विभाग सदस्य झविलाल डुम्रेले जानकारी दिए ।
रास्वपा स्याङ्जाले क्षेत्रीय नेतृत्व पनि टुंग्याएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ को सभापतिमा सूर्यप्रसाद पौडेल र क्षेत्र नम्बर २ को सभापतिमा जगदीश गैह्रे चयन भएका छन् ।
यसअघि पनि जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका भण्डारी पुनः निर्वाचित भएसँगै नवगठित कार्यसमितिले संगठन विस्तार, सदस्यता अभियान र आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको रास्वपा स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते