स्याङ्जाको चापाकोट नगरपालिकामा सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार साँझ चापाकोट नगरपालिका–४ पुम्दीस्थित मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा चिप्लिएर करिब एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्रिपरमा सवार म्याग्दीको मालिका गाउँपालिका–५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
त्यस्तै सोही ठाउँका १८ वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि ट्रिपर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरी घटनास्थलबाट फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको सूचना अधिकारी डिएसपी अवस्थीले जानकारी दिए ।
दुर्घटनामा परेको ट्रिपर मल्याङकोट–घुर्लीचौर सडक निर्माणका लागि बालुवा ढुवानी गर्दै गरेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते