स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैसीडाँडास्थित सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान पोखराबाट बुटवलतर्फ जाँदै गरेको ग १ ज ८७३१ नम्बरको इभी भ्यान र विपरीत दिशाबाट स्याङ्जातर्फ आउँदै गरेको ना ५ ख ७६१ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा इभी भ्यानका चालक भीरकोट नगरपालिका–९ निवासी ३८ वर्षीय प्रेम गुरुङ घाइते भएका छन् । उनलाई उपचारका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनाबाट इभी भ्यानको अगाडिको भाग तथा चालकतर्फको भागमा क्षति पुगेको छ ।
दुर्घटनापछि इभी भ्यान समितिको जिम्मा लगाइएको छ भने ट्रक र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
ट्रक चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ निवासी २९ वर्षीय ज्ञानप्रसाद अहिरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार दुवै सवारी साधनको कागजात मिलेको पाइएको छ भने चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते