सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोकेर यात्रा गरिरहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएपछि प्रहरीले लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार राति गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले नियमित सवारी जाँचका क्रममा बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग २ ख १९५२ नम्बरको यात्रुबाहक बस रोकेको थियो ।
चेकजाँचका क्रममा बसमा सवार कास्कीको पोखरा महानगरपालिका–५ निवासी ४० वर्षीय नरेन्द्र आचार्य र सोही ठाउँका ३४ वर्षीय सुरज प्याकुरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट बुप्रेनोर्फिन ३१ एम्पुल, फेनेरगन ३० एम्पुल, डाइजेपाम २९ एम्पुल, एउटा सिरिन्ज र दुई वटा मोबाइल फोन बरामद गरिएको छ । बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषधको स्रोत, ओसारपसारको उद्देश्य तथा यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि समेत अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला