पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल

पहिरो

पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल

pahiro-le-gadi-puryo-phot

बागलुङ — ढोरपाटन नगरपालिका–९ सुकुरदुङस्थित ढोरपाटन–सालझण्डी सडक खण्डमा स्कार्पियो जिपमाथि पहिरो खसेको छ । जिपमा सवार सबै ५ जना यात्रु भने समयमै भागेर जोगिएका छन् ।

ग१य ९८२ नम्बरको जिपमाथि सोमबार राति पहिरो खसेको हो । पोखराबाट ढोरपाटन घुम्न हिँडेका ५ जना जिपमा सवार थिए । उनीहरु सबै भागेका कारण सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

सडक भन्दा माथिबाट आएको पहिरोले जिपको अगाडिपट्टिको भाग पुरेको हो । पहिरोल क्षति पुर्‍याएको जिपमा एक्स्काभेटरको प्रयोगबाट झिकिएको छ । पहिरोले अवरुद्ध बनेको सडक सुचारु गराउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । सडकमा खसेको पहिरो पूर्णरुपले हटाउन भने दिनभरी लाग्ने प्रहरीले जनाएको छ ।

तस्वीरः प्रदीप पन्त

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ