हालैको बाढी विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले ईशा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ।
सद्गुरुले ‘In Solidarity with Nepal’ कार्यक्रममा उल्लेख गरेअनुसार ईशा नेपालले उक्त रकम सरकारको राहत तथा पुनःस्थापना प्रयासलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा उनीहरूको पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त योगदान गरिएको ईशा नेपालले जनाएको छ। हालैको प्राकृतिक विपद्बाट प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक सहयोग पुर्याउन सरकार र विभिन्न संघसंस्थाले राहत तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाइरहेका छन्।
ईशा नेपालले सामूहिक प्रयासबाट विपद् प्रभावितहरूलाई राहत, हौसला र आशा प्रदान गर्न सकिने विश्वास व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकलाई पुनः आफ्नो जीवन निर्माण गर्न सहयोग पुग्ने र उनीहरूमा थप सहनशीलता तथा पुनःउत्थानको क्षमता विकास गर्न सामूहिक सहयोग महत्वपूर्ण हुने जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै राहत तथा पुनःस्थापनाका लागि गरिएको सहयोगले मानवीय ऐक्यबद्धताको सन्देश दिएको छ।
सम्बन्धित खबर
दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख
बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो
स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा
कालीगण्डकी नदीमा पुरुषको शव फेला
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ