पोखरा । प्रदेश नं. ४ को आउन लागेको बजेट लोकप्रियताका लागि नहुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पष्ट पारेका छन् । प्रदेश सरकारको आगामी बजेट उत्पादनमुखी र विकासका लागि हुने उनको भनाई छ ।
प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पोखरामा सोमबार आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा आधारित योजनालाई लक्ष्य गरी प्रदेश सरकारले बजेट ल्याउन लागेको छ ।’ उनले भने ‘लोकप्रियताका लागि बजेट आउँदैन । पर्यटन, उद्योग, जलश्रोत, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा अघि बढाउनेछौं ।’
ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उनल यहाँका उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताए । उज्यालो प्रदेश बनाउने घोषणा गरिसकेको अवस्थामा उर्जा उत्पादनको विकल्प नरहेको उनको भनाई छ । प्रदेश सरकारले यहाँको आवश्यकताअनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उनको जोड थियो ।
मुख्यमन्त्री गुरुङले केन्द्र सरकारप्रति फेरि चित्त दुखाएका छन् । प्रदेश सरकार उत्साहका साथ अघि बढेपनि संघीय सरकारले प्रदेशलाई अधिकार के हो भन्ने बारे ? अझै प्रस्ट नपारेको गुनासो गरे । ‘हामीले आफै गर्न पाउने कति हो ? काठमाण्डौ के के कामका लागि धाउने हो ? समृद्धि त यहींबाट पनि सुरु गर्नुपर्ने होला नि ।’ उनले भने ‘एकै चोटी बजेटमा आउँछ भनियो । बजेटमा खै त के आयो ? नीति अधिकार सबै अस्पष्ट छ । संघीयता भनेको अधिकार बाँडफाँड होला । अझै अलमलमा छौं ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश नं ४ लाई दुई वर्षभित्रमा उज्यालो प्रदेश बनाउने सरकारको तयारी रहेको बताउँदै ऊर्जा उत्पादन गरी अरुलाई बिक्री गर्न सक्ने क्षमता बढाउने गरी योजना निर्माण गर्ने उल्लेख गरे ।
कार्यक्रममा नविकरणीय उर्जा उपलब्धी, सम्भावना र चुनौतिहरु विषयमा प्रस्तुति राख्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्याल र निर्देशक डा. नारायणप्रसाद अधिकारीले नगरको फोहरलाई ऊर्जाको रुपमा परिणत गर्न सकिने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताए ।
नेपाल बायोग्यास प्रवद्र्धन संघ प्रदेश नं ४ का अध्यक्ष सोमनाथ बाँस्तोलाले वातावरणीय प्रदूषणलाई कम गर्दै फोहरबाट मोहोरमा परिणत गर्न सकिने हुँदा बायोग्यासको विकास आवश्यक रहेको धारणा राखे । उनले प्रदेशका विभिन्न ठाउँमा बायोग्यास प्लान्टको विकासलाई अघि बढाउन सकिने र त्यसका लागि बायोग्यास प्रवद्र्धन संघ सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु किरण गुरुङ, हरिबहादुर चुमान, विकास लम्साल, नरदेवी पुन, लेखबहादुर थापा, पूर्व मन्त्री गणेश शाह प्रदेशसभा सदस्यहरु, सरोकारवाला निकायका प्रतिनिधि, ऊर्जा व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
तस्विरः रञ्जन अधिकारी÷आदर्श समाज
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु