धादिङ जिल्लाकै सर्वाधिक धनराशीको नवौं खुल्ला क्लबस्तरीय ‘नाईन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि सल्यानटार सिटीले उचालेकाे छ । उपाधिका साथमा सल्यान्टारले नगद १ लाख ३० हजार जित्न सफल भयाे ।
लगनशिल युवा क्लबले ज्वालामुखी गाउँपालिका-७ स्थित धारापानी खेल मैदानमा सञ्चालन गरेकाे प्रतियाेगिता अन्तर्गत मंगलबार भएकाे फाइनल खेलमा मैदी युनाइटेड विरूद्ध १–० काे झिनाे गाेल अन्तरले उपाधि उचालेकाे हाे । सुरन पाठककाे कप्तानीमा मैदान उत्रिएकाे सल्यानटार सिटीका सन्तलाल गुरुङको निर्णायक गाेलमा टाेलीले उपाधि उचालेकाे हाे ।
निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफमा गाेलरहित बराबरीमा राेक्न सकेकाे मैदी खेलकाे अन्तिम समयमा सम्हालिन सकेन ।
उपविजेतामा सीमित मैदीले ६५ हजार हात पारेको छ । काठमाडौंमा जारी शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलिरहेको लगनशील युवा क्लबले आयोजना गरेको यस प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएकाे थियाे ।
उत्कृष्ट खेलाडी रबि भण्डारी भए । यस्तै उत्कृष्ट गोलकिपर सन्दिप उप्रेति, सर्वाधिक गोलकर्ता राजकुमार घले र उत्कृष्ट डिफेन्डर सागर तामाङ घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार र अन्य उत्कृष्टले जनही ४ हजार प्राप्त गरे ।

उत्कृष्ट खेलाडीले पाँच हजार प्राप्त गर्दा उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान चार–चार हजार प्राप्त गरेका छन् ।

सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह