गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. ६, लेकसाइड । लेकसाइड भन्ने बित्तिकै पोखराको केन्द्र । पर्यटक चहलपहल हुने स्थान । यहीँ छ एउटा ‘माया थकाली भान्छा घर एण्ड रेष्टुरेन्ट’ । बोर्डमा लेखिएको छ ‘बेस्ट फुड, बेस्ट प्लेस’ ‘थकाली खाना रू. ३००’
भान्छा घरको नाम माया भएपनि ग्राहकले घृणा व्यहोरे । बेस्ट फुड होइन, खानै नहुने चीज खुवाए । बेस्ट प्लेसमा सुनिनसक्नूको अपशब्द र गाली सुनेर ग्राहक फर्किए । प्रहरीलाई बोलाइयो । प्रहरीले पनि उस्तै व्यवहार गरे ।
घटना मंगलबार राति साढे ११ बजेतिरको । ग्राहक हुन् पत्रकार । फेवा खबर डटकमको तीन जनाको टोली खाना खान माया थकाली छिरे । खाना आयो । खान सुरु गरे । एक भाइले खाना लिन सुरु गर्दा फेवाका सञ्चालक हेमराज अधिकारीले देखे र वेटर बोलाए । त्यसपछि पत्रकारको टोलीले क्यामेरा अन गरे ।
विनय चौधरी नाम गरेका स्टाफले पुष्टि गरे खानामा भेटिएको टुक्रा स्टीलकै हो । भाँडा माझ्ने जालीको स्टील रहेको लेखामा काम गर्ने अर्को स्टाफले पनि स्विकार गरे ।
‘यदि खानासँगै स्टील पेटमा पुगेको भए ?’ विवाद यहीँबाट सुरु हुन्छ । सञ्चालक विशाल चौधरीले घटनाप्रति कुनै दुःख मनाउ नगरी विवादमा उत्रन्छन् र भन्छन् – ‘कपाल पर्छ, ढुंगा पर्छ, यो सामान्य हो । महाभारत बनाउनुपर्छ ? बमजस्तो लाग्यो कि क्या हो ? के हुन्छ ?’
माया थकाली भान्छाघरको नाममा व्यवसाय चलाउने चौधरीले आफ्नै ग्राहक विरुद्ध घृणाका यहाँ लेख्नै नमिल्ने शब्दहरु ओकल्न सुरु गर्छन् । झोक्किँदै ‘पागल पत्रकार साला गोरू *** लाई म चिन्छु क्या’ भन्दै क्यामेरा झड्का दिने गरी हान्छन् र जान्छन् ।
पत्रकार हेमराजले ‘३ जनाको कति भो ? तिर्छौँ खान्नँ’ भनेर प्रहरी बोलाउँछन् । हवल्दार आउँछन् । उनले माथिका बाेलाउँछन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका सई पुष्प केसी आइपुग्छन् । सई केसीकाे भूमिका झनै चकित् पार्ने खालकाे देखिन्छ । पत्रकार विरुद्ध भएको दुर्व्यवहारलाई गलत भन्नुपर्ने ठाउँमा उल्टै पत्रकारलाई नै भिडियो किन खिच्या ? भन्दै प्रश्न गर्छन् । सार्वजनिक सेवामा खटिएका बर्दी लगाएकाे प्रहरीबाट प्रेस स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेप हुन्छ ।
खानामा अखाद्य, शरीरलाई गम्भीर हानी हुने वस्तु भेटिएपछि गुनासो गर्दा रेष्टुरेन्ट सञ्चालक र प्रहरीबाट उल्टै मानमर्दन भएपछि पत्रकार हेमराज भोलिपल्ट जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल भेट्छन् ।
सहायक सिडिओ ढकाल भन्छन्ः ‘सार्वजनिक स्थलमा अभद्र व्यवहार हुनु दुःखदायी घटना हो । पर्यटकीय ठाउँमा यस्तो लापरबाही हुनू झनै गम्भिर हो । रात्रीकालीन व्यवसायसमेत सुरु गर्ने भनिरहेका बेला, ६ महिना अगाडि नै सबै होटल व्यवसाय सञ्चालन गर्ने व्यवस्था भइसकेको अवस्थामा यस्तो हुने नराम्रो हो । शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो गम्भीर छ । कानुनी उपचार सुरु गरे न्याय नपाइने भन्ने हुन्न ।’
पत्रकार अधिकारीले घटनामा संलग्नमाथि र प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने प्रहरी विरुद्ध उजुरी गर्दैछन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो