दुई पोका चाउचाउ पकाएको ५०० रूपैंया असुल्ने रेष्टुरेन्टलाई १ लाख जरिवाना

ठगी

दुई पोका चाउचाउ पकाएको ५०० रूपैंया असुल्ने रेष्टुरेन्टलाई १ लाख जरिवाना

पृथ्वी राजमार्गमा ठगी धन्दा

hamlet rest

पृथ्वी राजमार्ग आसपासमा होटल, किराना पसल र क्याफेले महंगो मूल्य असुल्ने गर्दछन् । दुई वटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने भेटिएको छ।

धादिङको गल्छि गाउँपालिकास्थित ह्याम्लेट रेष्टुरेन्टलाई २० रुपैयाँ पर्ने दुई वटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि एक लाख जरिवाना गरिएको छ।

 गल्छि–७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो। जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित बोकेर टोली पुगेको बताए।

ह्याम्लेटसहित गल्छिकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई १०–१० हजार जरिवाना गरिएको छ। विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको पराजुलीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds