पोखरा । शान्ति निकेतन स्कुलको १८ औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरा ५ पस्र्याङलाई ५० हजार रुपैयाँ अक्षयकोष स्थापनाका लागि सहयोग गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले अब घोकेर जाँच दिने शैली परिवर्तन गर्ने तयारीमा परीक्षा बोर्ड लागेको बताए ।
शनिबार भएको कार्यक्रममा उनले सीपयुक्त शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे । ‘अबको शिक्षा व्यवहारिक हुन जरुरी छ,’ डा शर्माले भने । कारको लगानी बिना निजी उद्यमीमार्फत सञ्चालनमा आएको शिक्षाको गुणस्तर स्तरीय भएको बताउँदै उनले रचनात्मक शिक्षाको खाँचो औंल्याए ।
विद्यालयका प्रिन्सिपल डा महेश्वर पराजुलीले विद्यालयले पाठ्य सामग्रीका अलावा विद्यार्थीलाई रचनात्मक शिक्षा प्रदान गर्दै आएको सुनाए । उनले अभिभावकको हेरचाह र विद्यार्थीको लगावले नै विद्यालयले उचाई हाँसिल गरेको जनाए ।
सो अवसरमा यो विद्यालयबाट २०७६ देखि २०७९ सम्म एसइई परीक्षामा सर्वोेत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शान्ति निकेतन रत्न पदकद्वारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा पविन पौडेल, सरिता सापकोटा, वर्षा केसी, साधना शर्मा, अञ्जना अधिकारी, निर्देश सुवेदी, अविरल पौडेल, पुजन पराजुली, दीपाली भट्टराई लगायत रहेका छन् ।
आधारभूत तह कक्षा ८ को परीक्षामा ४ जिपीए ल्याउने निश्चल कोइरालालाई पनि शान्ति निकेतन रत्न पदकद्वारा सम्मान गरिएको छ । विद्यालयमा १० वर्ष सेवा गरेका शिक्षकहरुलाई पनि सम्मान गरिएको छ । अप्सरा पोखरेल, संगीता थापा, सुशीला अधिकारी, रचना पोखरेल, सन्तोष मल्ल, सुरज अधिकारी, नारायणी पराजुली र हेम सुवेदी सम्मानित भएका हुन् ।
यसैगरी, सर्वाेत्कृष्ट शिक्षक सम्मानमा पूर्व आधारभूत तहतर्फ जमुना भुजेल, आधारभूत तहतर्फ सुनीता कोइराला र माध्यमिक तहतर्फ भुवानीप्रसाद अधिकारी सम्मानित भए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकको तर्फवाट कपिलमणि दाहाल, प्याब्सन केन्द्रका उपाध्यक्ष कृष्ण केसी, शिक्षासेवी रविराज बराल, उत्प्रेरक डा रबीन कटुवाल, विद्यालयका सहायक प्रिन्सिपल यदुविलास भुत्र्याल, सामाजिक शिक्षक हेम सुवेदी लगायतले बोलेका थिए ।
विद्यार्थीले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा लोकगायक राजु परियारले लोकगीतहरु सुनाएर मनोरञ्जन दिएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन