जिल्लाको भीरकोट नगरपालिका -१ बयरघारी स्थित भीरकोट खेलमैदान नजिकै रहेको अवैध क्रसरमा शिलबन्दी गरिएको छ ।
भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको उक्त क्रसर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शिलबन्दी गरेको हो । क्रसर उद्योग एक वर्ष पहिलाबाट सञ्चालनमा आएको थियो ।
भुसाल इन्टरप्राइजेजको नाममा दर्ता भएतापनी क्रसर सम्बन्धी कार्यमा अनुमती नलिएको/दर्ता नभएको पाइएकोले शिलबन्दी गरिएको स्याङ्जाका सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिए ।
क्रसर संचालक रामप्रसाद भुसालले पुर्वाधार विकास कार्यालयसङ्ग समन्वय गरेर क्रसर उद्योग चलाएको बताउँदै पालिकामा दर्ता गर्न खोज्दा नगरी दिएको जानकारी दिए । उनले सोही क्रसर उद्योग नजिकै मोटरेबल पुलको छेउमा भीरकोट नगरपालिकाले समेत गैर-कानुनी ढंगले क्रसर सञ्चालन गरिरहँदा प्रशासन मौन रहेको आरोप लगाएका थिए ।
त्यस्तै, सहायक प्रजिअ पौडेलको नेतृत्वमा खटिएको प्रशासनको टिमसहित जिल्ला उपभोक्ता मञ्च, पुर्वाधार विकास कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाबाट खटिएको अनुगमनको टोलीले भीरकोटको क्रसर उद्योग लगायत गल्याङ नगरपालिकामा रहेका फार्मेसी, होटल र किराना पसलमा समेत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिल बिजक जारी नगरी कारोबार गरेको पाइएकाले गल्याङमा स्थित सेवा हेल्थ केयर सेन्टरलाई १० हजार रुपियाँ जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’