लागू औषध ओसारपसार तथा सेवनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ स्याङ्जामा संचालन भएको लागू औषध विरुद्धको अन्तराष्ट्रिय दिवस -२०२४ हिजोदेखि सकिएको छ ।
`लागू औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ´ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा सप्ताहव्यापी विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस -२०२४ बिहिवारदेखि सुरु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहलमा योग प्रशिक्षणसहित लागू औषध दुरुपयोग एवं अवैध ओसारपसार विरुद्धको दिवस समापन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनले असार ६ गतेदेखि सुरु भएको साप्ताहिक लागू औषध विरुद्धको दिवसका अवसरमा जिल्लास्थित विभिन्न विद्यालयहरुमा साथै समुदायमा संचालन गरिएका सचेतनामुलक कार्यक्रमबाट एक साताभित्र २६ सय जना बढी लाभान्वित भएको जानकारी दिँदै स्याङ्जा जिल्लामा लागू औषध ओसारपसार एवं सेवनलाई नियन्त्रण तथा न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए ।
सप्ताहव्यापी जनसचेतना कार्यक्रमबाट उत्पादनशील र श्रृजनशील युवा जनशक्ति लागू औषधको दलदलमा नफसी समाज र देश निर्माण कार्यमा तल्लीन हुनेछन् भन्ने अपेक्षा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला