सिद्धार्थ राजमार्ग भासिँदा सडक अवरुद्ध, वालिङ् – पोखरा सडकमा यात्रा गर्न सकिने

सिद्धार्थ राजमार्ग भासिँदा सडक अवरुद्ध, वालिङ् – पोखरा सडकमा यात्रा गर्न सकिने

Glng road

स्याङ्जाको गल्याङ नगरपालिका -११ तुलसी भञ्ज्याङ्स्थित सिद्धार्थ राजमार्ग भासिँदा सडक अवरुद्ध भएको छ । यद्यपि वालिङ् बजारदेखि पोखरासम्मको सडकमा भने यात्रा गर्न सकिने भएको छ ।

निरन्तर परेको अविरल वर्षाका कारण राजमार्ग भासिँदा सुनौली-पोखरा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनले वर्षाका कारण राजमार्ग झण्डै ५० मिटर भासिएको बताए ।

लगातार वर्षा भइरहेकोले सडक तत्काल निर्माण गरी सुचारू गर्न कठिनाई रहेको प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् ।

यद्यपि सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ् बजारदेखि पोखरासम्मको अवरुद्ध सडक सुचारू गरी संचालनमा ल्याइएको छ भने पहिरो खस्ने क्रम रोकिएको छैन । अविरल वर्षाका कारण गएका पहिरोले भित्री सडकखण्डहरु प्रायः सबै अवरुद्ध रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ