पहिरोले हाइस च्यापिँदा बागलुङ काठेखोलाकी किशोरी घाइते

पहिरोले हाइस च्यापिँदा बागलुङ काठेखोलाकी किशोरी घाइते

Pic pahiro

लगातार परेको अविरल वर्षाका कारण स्याङ्जाको वालिङ्मा हाइस च्यापिँदा बाग्लुङ काठेखोलाकी एक किशोरी घाइते भएकी छन् ।

सिद्धार्थ राजमार्ग स्थित स्याङ्जाको वालिङ् नगरपालिका -१३ पाठेखोलामा वालिङ्बाट गल्याङतर्फ जाँदै गरेको लु २ ख ३८३९ नम्बरको हाईसमा माथिबाट पहिरो आई हाइसको बाँया साइडमा आधा भाग च्यापिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले हाइसमा च्यापिन जाँदा हाईसमा सवार बाग्लुङ काठेखोला गाउँपालिका -७ बस्ने २१ वर्षीया पुष्पा थापा घाईते भएको बताए । घाइते किशोरीको टाउकोमा सामान्य चोट लागेको छ । हाइसमा चालकसहित १६ जना सवार रहेको प्रहरीले जनाएको छ ।

निरन्तर भइरहेको वर्षाका कारण विभिन्न स्थानमा भएको वाटो अवरोध पन्छाई स्याङ्जाको कुभिण्डेदेखी राम्दीसम्म सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको प्रहरी कार्यालयले जनाएको छ । यद्यपि अविरल वर्षा भइरहेकोले पहिरो खस्ने क्रम रोकिएको छैन भने भित्री सडकखण्डहरु प्रायः सबै अवरुद्ध रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ