जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गत असार २२ र २३ गते गएको बाढी पहिरोबाट पूर्णरूपमा घर क्षति पुगेका यहाँका नौ परिवारलाई राहत प्रदान गरेको छ । प्रदेश सरकारको १० हजार र सङ्घीय सरकारको १५ हजार गरी २५ हजारको दरले राहत प्रदान गरिएको हो ।
प्रशासनले अर्जुनचौपारी गाउँपालिकाका चार र आँधीखोला गाउँपालिकाका पाँच परिवारलाई राहतस्वरूप नगद प्रदान गरेको हो । क्षति पुगेका मध्ये अर्जुनचौपारी–१ का गुरुप्रसाद दमै, टेकप्रसाद खत्री, रञ्जीता खत्री र वडा नं–३ की सरस्वती दमैलाई वडा नं–१ को कार्यालयमा पुगेर राहत प्रदान गरिएको हो ।
यस्तै, आँधीखोला गाउँपालिका–१ का यामकुमारी केसी, यामनारायण अधिकारी, रनबहादुर सुनार, लालबहादुर सुनार र तेजबहादुर सुनारलाई सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले वडा कार्यालयमा पुगेर राहत पदान गरेका हुन् । आँधीखोला–४ मा अझ एक जनालाई राहत दिन बाँकी रहेको पौडेलले जानकारी दिए ।
पालिकाहरुले ढिला विवरण पठाउँदा बेलैमा राहत दिन नसकेको बताउँदै पौडेलले ढिलै भए पनि राहत आएको र दिएको बताए ।
यस्तै, सप्रजिअको टोलीले अर्जुनचौपारीका चारवटा किराना पसलमा अनुगमन समेत गरेको हो । अनुगमनमा दुईवटा पसलमा चार हजार ८९५ रुपियाँ बराबरको म्याद नाघेका तथा अखाद्य वस्तु भेटिएको र जफत गरी नष्ट गरेको पौडेलले बताए ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते