पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस (डब्लूआरसी), लामाचौरमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा निर्वाचित भएका छन् ।
अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी)का उम्मेदवारलाई पराजित गर्दै धामी अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचन अधिकृत ई. दीपक थापाका अनुसार धामीले निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका अनुप न्यौपानेलाई २ सय ६७ मतान्तरले पराजित गरेका हुन् ।
धामीले ७ सय १६ मत प्राप्त गर्दा न्यौपानेले ४ सय ४९ मत पाए । नेविसंघका सौगात पण्डितले ३ सय ४६, अखिल (क्रान्तिकारी)का आदर्श महत क्षेत्रीले १ सय ७८ मत प्राप्त गरेको ले जानकारी दिए ।
दार्चुलाका धामीको राजनीतिक पृष्ठभूमि नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) हो । यस निर्वाचनमा नेत्रविक्रम चन्द विप्लवनिकट अखिल (समाजवादी) समर्थित उम्मेदवार हुन् । यद्यपी, उनले संगठनात्मक नभइ स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराए । धामी अखिल क्रान्तिकारीको क्याम्पस कमिटी सचिव थिए ।
यस निर्वाचनमा सचिव र कोषाध्यक्ष पद अखिल (क्रान्तिकारी)ले जितेको छ । अखिल (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मत ल्याएर सचिव निर्वाचित भए । अनेरास्ववियुका विनायक भुँवाजीले ७ सय ४ मत ल्याए । नेविसंघबाट सचिवकाे उम्मेदवार थिएनन् । आन्तरिक गुटीय विवादका कारण उम्मेदवारकाे मनोनयन पत्र च्यातिँदा सचिवमा उम्मेदवारी खारेज भएको थियो ।
क्रान्तिकारीका शसिस सापकोटा ६ सय ९९ मत ल्याएर कोषाध्यक्ष निर्वाचित भए । अनेरास्ववियुका रोहितकुमार साहले ५ सय ८७, नेविसंघकी रस्मिताकुमारी झाले ३ सय ६६ मत प्राप्त गरे ।
७ सदस्य पदमा अनेरास्ववियुले ५, नेविसंघ र क्रान्तिकारीले १/१ सदस्य जितेका छन् । अनेरास्ववियुका अश्रान्त पहारी ९ सय २६, पूर्णिमा अछामी ८ सय १५, अंकित गैरे ७ सय ७१, अमृत बस्नेत ७ सय ४०, रूपेश पौडेल ६ सय २२, नेविसंघका सक्षम भण्डारी ७ सय ३ र क्रान्तिकारीकी निकिता पाठक ६ सय ८२ मत ल्याएर सदस्य निर्वाचित भए ।
उक्त क्याम्पसमा २ हजार ४१ मतदाता रहेकोमा मंगलबार भएको निर्वाचनमा १ हजार ६ सय ९२ मत खसेको थियो । १ हजार ६ सय ८९ मत सदर भएको थियो ।
समानुपातिक तर्फ सबैभन्दा बढी मत नेकपा एमाले निकट अनेरास्ववियुले प्राप्त गरेको छ । अनेरास्ववियुले ७ सय २६, अखिल क्रान्तिकारीले ५ सय ३२ र नेपाल विद्यार्थी संघले ३ सय ८५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी