बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

cheque bounce pakrau

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही मायादेवी गाउँपालिका – ८ सुनारटोल बस्ने ३२ वर्षीय राज सुनार रहेका छन् ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सुनारले दुई लाख रुपैयाँ रकम भुक्तानी गर्नका लागि चेक दिएकोमा उक्त चेक बाउन्स भएको थियो ।

चेक बाउन्स भएको व्यहोरासहित जाहेरी आएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले सुनारलाई उनकै घरबाट पक्राउ गरिएको स्याङ्जा प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

उनलाई आवश्यक कारबाहीको लागि स्याङ्जा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds