पोखरा वडा नं. १५ मा महिला क्षमता विकास, सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका १५ नं. वडाको आयोजनामा पोखराको हरियोखर्कस्थित अस्पतालको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले महिलाहरू स्वस्थ र आर्थिक हिसाबले सबल बन्न सके मात्र सामाजिक, राजनीतिक र व्यावसायिक क्षेत्रमा स्थापित बन्न सक्ने बताइन्।

उनले महिला सशक्तीकरणका साथै कानुनी सचेतना र सीप विकासमा जोड दिनुपर्ने भन्दै सिकेको सीपलाई बजारीकरण गर्न के-कस्ता चुनौती छन् ? भन्ने पहिले नै जानकार भएर सीप सिके त्यसको सदुपयोग हुने र आयआर्जनको बाटोमा लाग्न सकिने बताइन्।
कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष तोरण बानियाँले वडाले बजेट विनियोजन गरेर ल्याएका सबै कार्यक्रमहरूमा वडावासीको उत्साहजनक सहभागिता रहँदै आएको भन्दै यसले आफूहरूमा अझ काम गर्ने हौसला र प्रेरणा थपिएको बताए।
उनले हरियो खर्क अस्पताल वडा नं. १५ मा अवस्थित रहेकाले आफ्ना नागरिकलाई सेवा सुविधा दिनुपर्छ भन्ने विचारले आफूहरू निर्वाचित भएर आएको एक महिनामै अस्पतालसँग समन्वय गरेर वडामा स्थायी रूपमा बस्दै आएका नागरिकलाई २० देखि २५ प्रतिशतसम्म छुट दिने सहमति गरिएको बताए।

यस्तै, वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियारले स्वागत मन्तव्य राख्दै आमा समूहलाई विभिन्न पाँच समूहमा विभाजन गरी सीप विकास कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले सबै जनालाई एकै पटक प्रमाणपत्र वितरण गरिने भन्दै सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वावलम्बी बन्न शुभकामना दिइन्।
हरियो खर्क अस्पतालका तर्फबाट डा. सुरज श्रेष्ठले अस्पतालको स्थापना, इतिहास, कुष्ठरोगको उपचार विधि र अस्पतालले दिँदै आएका उपचार सेवाबारे बताए भने अस्पतालका ल्याप्रोस्कोपी इन्चार्ज याम जिसीले कुष्ठरोगबारे विद्यमान भ्रम र यथार्थबारे स्पष्ट पार्दै उपचार गरे कुष्ठरोग सजिलै निको हुने बताए।

कार्यक्रममा अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक तथा सहजकर्ता राजाराम पौडेल, सुष्मा पौडेल, खिमकुमारी गुरुङ र वसन्त थापालाई प्रमुख अतिथि गुरुङ र अध्यक्ष बानियाँले प्रमाणपत्र प्रदान गरेका थिए ।
तालिममा सहभागी आमा समूह तथा प्रशिक्षार्थीलाई वडा सदस्यहरू आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा