स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
नगरपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत कृषकलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । नगरपालिकाका नौ वटै वडामा कृषि कर्म गर्दै आएका कृषक तथा कृषक समूहलाई सम्मानका लागि आवेदन आव्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनोट गरी सम्मान गरिएको उनले बताए ।
“कृषि कर्म गर्दै आएका १८ कृषक तथा कृषक समूहको आवेदन प्राप्त भएको थियो”, उनले भने, “प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्याङ्कन तथा छनोट समितिबाट सिफारिस भइआएका कृषकलाई सम्मान गरेका हौं ।”
सम्मानित हुनेहरुमा वडा नं २ का खाद्यान्न तथा नगदे बाली उत्पादक कृषक कृष्णबहादुर अधिकारी, वडा नं ३ का कृषक लोकबहादुर खत्री, वडा नं ६ का गाईपालक कृषक कमला गोदार, वडा नं ६ कै भैंसीपालक कृषक शिव खत्री, वडा नं ७ का फलफूलखेती गर्ने कृषक श्यामप्रसाद अर्याल, वडा नं ७ कै फलफूलखेती गर्ने व्यावसायिक कृषक ननिता अर्याल राना, वडा नं ८ का नवीनतम कार्यअन्तर्गत बाख्राको दूधबाट चीज लगायतका परिकार उत्पादनमा सक्रिय कृषक डिलबहादुर गुरुङ र वडा नं ९ का बाख्रापालक कृषक भेमराज रेग्मीलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सात पुरुष किसान र दुई महिला किसान रहेका छन् । कृषकलाई उत्पादन वृद्धि गर्नुका साथै कृषि पेशालाई व्यावसायिक बनाउन कृषक सम्मानले थप प्रोत्साहन र उर्जा मिल्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले बताए ।
लामो समयदेखि कृषि कर्म गर्दै आएका कृषकलाई छनोट गरी सम्मान गर्ने कार्यले आफूजस्ता अन्य सयौं कृषकलाई थप उर्जा र प्रोत्साहन पुग्ने दाबी भीरकोट ८ का बाख्रापालन व्यवसाय गर्दै आएका डिलबहादुर गुरुङले बताए ।
“गाउँमै बसेर कृषि कर्म गर्दा पनि सम्मानित भईने रहेछ भन्ने देखिएको छ”, उनले भने, “जसकाकारण आगामी दिनमा व्यवसाय प्रवद्र्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको महशुस गरेको छु ।”
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु