जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ

पक्राउ

जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ

Pakrau filepic

स्याङ्जा । जबरजस्ती करणी उद्योग कसूर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँमै लुकीछिपी बसेको अवस्थामा अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा तीन वर्ष छ महिना कैद सजाय र एक लाख पचास हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ सुन्तलीटार बस्ने ५० वर्षीय ध्रुवराज भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

कैद र जरिवाना फैसला तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले बिहीबार भण्डारीलाई पक्राउ गरी कैद भुक्तान र जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको निमित्त सूचना अधिकारी तिवारीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ