धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा

सहजता

धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा

पोखरा वडा नं. ५ कार्यालयमा भोलि बिहान ८ बजेदेखि ५ बजेसम्म

Dhading Salyantar

तस्बिर: प्रदीपराज वन्त

धादिङ घर भई पोखरा बस्दै आएकाको संख्या उल्लेख्य छ । यसैलाई मध्येनजर गर्दै धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले पोखरामा बस्ने आफ्नो गाउँबासीका लागि सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र नविकरणको व्यवस्था मिलाएको छ ।

गाउँपालिकाका सूचना अधिकारी सुरेश रिजालका अनुसार चितवन र पोखरामा घुम्ती शिवर आयोजना गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं. ५ को कार्यालयसँग समन्वय गरेर कार्यालय परिसर, मालेपाटनमा सेवा सञ्चालन हुने भएको हो । बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म सेवा लिन सकिने गरी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

भोलिको घुम्ती शिविरका लागि यतिबेला गाउँपालिकाका कर्मचारी तथा वडाअध्यक्षहरु पोखरा आइसकेको त्रिपुरासुन्दरी गाउँपालिका वडा नंं. ३ का अध्यक्ष कमलबहादुर थापाले गण्डकन्यूलाई जानकारी दिए ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. २, टाँडीमा १२ गते सम्पन्न भइसकेको छ ।

[सम्पादकीय नोटः समाचार सम्पादन गरिएको । वडा नं. ९ लाई वडा नं. ५ मा परिवर्तन गरिएको ।]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ