स्याङ्जामा प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । लागूऔषध ओसारपसारमा संलग्न दुईजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
बिहीबार साँझ करिब ६:३० बजे जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले पुतलीबजार नगरपालिका –१ शहिचोकस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको ग १ ज ४६८५ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध भेट्टाएको हो ।
उक्त ट्याक्सी चालक तनहुँ व्यास नगरपालिका –५ बस्ने ३२ वर्षीय अशोक बाँचे मगर र सवारीमा सवार कास्की पोखरा महानगरपालिका –२३ पामे बस्ने २७ वर्षीय नबिन परियार संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उनीहरूले चालक सिटमुनि लुकाएर ल्याएको अवस्थामा फेनेरागन ९० एम्पुल, डाइजेपाम ९० एम्पुल र बुप्रेनर्फिन ९० एम्पुल नियन्त्रित लागूऔषध फेला परेको प्रहरीले भनाइ छ ।
नियन्त्रित औषधसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह