गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
यमबहादुर गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा उनले प्रहरीसँग विवाद गरिरहेको भाइरल भिडिओहरूमा देख्न सकिन्छ। भिडिओमा उनले प्रहरीसामु उभिएर ‘मेरो आँखामा डर छ? ल हेर्नुस् म डराएको छु? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ’ भन्दै गरेको देख्न सकिन्छ। प्रहरीलाई आमा र देशबारे सोच्न भन्दै आक्रोश पोखेका थिए ।
यमबहादुरले आइतबार राति साढे ८ बजे धारिलो हतियार खुँडाले आमाको हत्या गरेको एसपी रिजालले बताए। उनका अनुसार प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिएको छ।
यस घटनाले गाउँ नै स्तब्ध भएको एसपी रिजालले बताए।
स्थानियका अनुसार घटनाअघि आमा राममायाले छोरा साह्रै विग्रियो ज्योतिषकोमा देखाउन पर्यो भनेपछि ‘मेरो विषयमा ज्योतिषलाई किन देखाउने ?’ भन्दै बाबुलाई कुटपीट गरी आमालाई खुँडा प्रहार गरेका थिए ।
घटनास्थल अत्यन्त भयावह रहेको बताइएको छ । आमाको शरीर र टाउको छुट्टिने गरी हत्या भएकोले दुईवटा मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, यमबहादुर यसअघि पनि पटकपटक विभिन्न मुद्दामा पक्राउ पर्दै आएका व्यक्ति हुन् । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
यमबहादुर काठमाडौं बस्दै आएका थिए । उनी दशैं मनाउन फूलापातीको अघिल्लो दिन मात्रै गाउँ पुगेका थिए । यमबहादुर दुर्व्यसनमा फसेका व्यक्ति हुन् ।
आइतबार राति ८ बजेतिर उनले गाउँघरतिर पाइनेभन्दा फरक खालको हतियार बोकेर घर प्रवेश गरेका थिए ।
घरमा भान्जाभान्जी, बुवा, आमा र यमबहादुरसहित पाँच जना थिए । उनले सुरुमा भान्जालाई खुकुरी प्रहारको प्रयास गरे ।
भान्जा भागेपछि बुवालाई पनि प्रहार गर्न खोजेका थिए । यबमबहादुरका बुवा पनि भागेपछि उनले आमालाई प्रहार गरेका थिए ।
यमबहादुरलाई सुधारगृहमा लानका लागि बुवा गोपबहादुर कँडेल लगायतले पटकपटक भन्दै आएका थिए ।
‘यसपटक पनि घरमा उसलाई सुधार गृह पठाउने कुरा चलेको रहेछ,’ घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘यमबहादुरले मानेका रहेनछन् । सायद परिवार नै आफूलाई सुधार गृह पठाउने षड्यन्त्रमा लागेको शंका मानेर उसले हत्या गरेको हुनसक्छ ।’















सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो