बयरघारी पिस युथ क्लबको आयोजनामा बुधबारदेखि भीरकोट खेलमैदान सिसौघारीमा सुरु भएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका र भीरकोट नगरपालिकाले विजयी सुरुआत गरेका छन् ।
पहिलो खेलमै शुक्लागण्डकीले बयरघारी युवा क्लबलाई ३-१ को सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको छ । पहिलो सेट २८-२६, दोस्रो सेट १९-२५, तेस्रो सेट २५-२२ र अन्तिम सेट २७-२५ को अंकले विजयी सुरुआत गरेको हो ।
त्यसैगरी, दोस्रो खेलमा भीरकोटले अर्जुनचौपारी गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । भीरकोटले पहिलो सेट ३३-३१, दोस्रो सेट २५-२२ र तेस्रो सेट २७-२५ ले आफ्नो पक्षमा पार्दै सहज जित निकालेको हो ।
खेलकुदमार्फत आपसी सौहार्द र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख १५ हजार, द्वितीय पुरस्कार ७० हजार, तृतीय ४० हजार र सान्त्वना ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । कार्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी लगायतका टोलीहरूको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते