बयरघारी पिस युथ क्लबको आयोजनामा बुधबारदेखि भीरकोट खेलमैदान सिसौघारीमा सुरु भएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका र भीरकोट नगरपालिकाले विजयी सुरुआत गरेका छन् ।
पहिलो खेलमै शुक्लागण्डकीले बयरघारी युवा क्लबलाई ३-१ को सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको छ । पहिलो सेट २८-२६, दोस्रो सेट १९-२५, तेस्रो सेट २५-२२ र अन्तिम सेट २७-२५ को अंकले विजयी सुरुआत गरेको हो ।
त्यसैगरी, दोस्रो खेलमा भीरकोटले अर्जुनचौपारी गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । भीरकोटले पहिलो सेट ३३-३१, दोस्रो सेट २५-२२ र तेस्रो सेट २७-२५ ले आफ्नो पक्षमा पार्दै सहज जित निकालेको हो ।
खेलकुदमार्फत आपसी सौहार्द र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख १५ हजार, द्वितीय पुरस्कार ७० हजार, तृतीय ४० हजार र सान्त्वना ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । कार्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी लगायतका टोलीहरूको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो