स्याङ्जाको वालिङ नगरपालिका –१, त्रियासीमा कवि राधिका अर्याल (राधा) को पहिलो कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक भएको छ । ५६ वटा कविताहरू समेटिएको यो कृति विमोचनसँगै “त्रियासी साहित्य साँझ–२०८२” पनि भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम स्वर्गीय त्रिभुवन अर्यालको ११औँ पुण्यतिथि तथा स्याङ्जा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको अवसर पारेर आयोजित गरिएको थियो ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जा को संयोजनमा र प्रतिभा जागरण केन्द्र, त्रियासी को आयोजनामा सम्पन्न उक्त कार्यक्रम त्रियासी कृषि उपज सहकारीको प्राङ्गणमा साहित्यिक इतिहासमै महत्त्वपूर्ण दिनका रूपमा अंकित रह्यो ।
“अङ्कुर” कृतिको विमोचन कवि राधा, कविकी माता पार्वती अर्याल, तथा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलगायतले संयुक्त रूपमा गरेका थिए । विमोचनसङ्गै वनवासीलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कविता सङ्ग्रहबारे विष्णु सुवेदी गैह्रे र दीपक लम्सालले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै राधाको काव्यले नेपाली नारी संवेदना, समाजिक चेतना र आत्मअभिव्यक्तिको नयाँ धार खोलेको बताएका थिए ।
कवि राधिका अर्याल, जो हाल क्यानडाको ओन्टारियोमा नर्सिङ व्यवस्थापकका रूपमा कार्यरत छिन्, त्रिभुवन विश्वविद्यालय र टोरोन्टो मेट्रोपोलीटियन युनिभर्सिटीबाट शिक्षित हुन् । उनले त्रिविको शिक्षण अस्पतालमा २१ वर्ष सेवा गरेकी थिइन् ।
साहित्य र समाजसेवामा बाल्यकालदेखि रुचि राख्ने कवि राधाका लेख रचना स्वदेश–विदेशका पत्र–पत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य किशोर अर्यालले, संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले र धन्यवाद ज्ञापन शार्दुल अर्यालद्वारा गरिएको थियो ।
“त्रियासी साहित्य साँझ–२०८२” को दोस्रो चरणमा स्याङ्जाका चर्चित स्रष्टाहरू — प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, गुरुप्रसाद ढकाल, पूजा रेग्मी, शम्भु अर्याल, राधिका अर्याल लगायतले आफ्ना रचनाहरू वाचन गर्दै त्रियासीको साँझलाई कवितामय बनाएका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ