स्याङ्जाको पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) पुनः पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका उनी उच्च अदालत पोखराको पछिल्लो आदेशपछि प्रहरीको खोजीसूचीमा परेका थिए ।
गत साउन ६ गते घरको बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकका छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि बढेको थियो । अनुसन्धानका क्रममा स्थानीय शाहीको संलग्नता रहेको भन्दै प्रहरीले साउन ८ गते राति उनलाई पहिलोपटक तनहुँबाट पक्राउ गरेको थियो ।
सोही क्रममा शाहीले पुतलीबजार –७ मा लुकाई राखेको एक नाले भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको थियो ।
शाहीलाई स्याङ्जा जिल्ला अदालतले भदौ ३ गते धरौटीमा छाडेपनि उच्च अदालत पोखराले थप प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले मंसिर १४ गते शाहीलाई पुनः पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
मंसिर १५ गते अदालतमा उपस्थित गराइएकोमा अदालतले शाहीलाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गर्ने आदेश दिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु