स्याङ्जाको पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) पुनः पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका उनी उच्च अदालत पोखराको पछिल्लो आदेशपछि प्रहरीको खोजीसूचीमा परेका थिए ।
गत साउन ६ गते घरको बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकका छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि बढेको थियो । अनुसन्धानका क्रममा स्थानीय शाहीको संलग्नता रहेको भन्दै प्रहरीले साउन ८ गते राति उनलाई पहिलोपटक तनहुँबाट पक्राउ गरेको थियो ।
सोही क्रममा शाहीले पुतलीबजार –७ मा लुकाई राखेको एक नाले भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको थियो ।
शाहीलाई स्याङ्जा जिल्ला अदालतले भदौ ३ गते धरौटीमा छाडेपनि उच्च अदालत पोखराले थप प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले मंसिर १४ गते शाहीलाई पुनः पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
मंसिर १५ गते अदालतमा उपस्थित गराइएकोमा अदालतले शाहीलाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गर्ने आदेश दिएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते