बस चेकजाँचका क्रममा लागू औषधसहित दुई युवा पक्राउ

बस चेकजाँचका क्रममा लागू औषधसहित दुई युवा पक्राउ

arrest-1

स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा दुई युवा लागू औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का २१ वर्षीय अरूण भन्ने बेद बहादुर परियार र अर्जुनचौपारी –३ का १९ वर्षीय रोशन भन्ने कुमार दमै रहेका छन् ।

उनीहरूको साथबाट नाइट्राजेपाम १६ ट्याब्लेट, स्पास्मो प्रोक्सीभोन प्लस वाकहार्ड्ट २८ क्याप्सुल र ५० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।

उनका अनुसार बिहीबार साँझ नियमित सवारीसाधन चेकजाँचका क्रममा बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १४४ नम्बरको बसमा सवार यात्रुहरूको झोलाजाँच गर्दा सो लागू औषध फेला पारेको हो ।

पक्राउ परेकाहरूलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई लागू औषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ